अफगानिस्तानको सबैभन्दा लामो युद्ध अन्त्य भएपछि अमेरिकीहरुले के भने ?

डिसी नेपाल
१५ भदौ २०७८ ११:५०
1.5k
Shares

काठमाडौं। अफगानिस्तानबाट अन्तिम अमेरिकी सैनिक काबुल विमानस्थलबाट उडेसँगै २० वर्षदेखि अफगानिस्तानमा चलिरहेको अमेरिकी सैनिक अभियान समाप्त भएको छ । अमेरिकाको राजनीतिक वृत्तका प्रभावशाली व्यक्तिहरुबाट अफगानिस्तानका घटनाक्रमका विषयमा कडा प्रतिक्रिया आएका छन् ।

राष्ट्रपति जो बाइडेन पहिले नै यस विषयमा कडा आलोचनाको सामना गरिसकेका छन् । सोमबार रिपब्लिकन नेताहरु पनि उनीप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । खासगरी यो कुराको लागि बाइडेन प्रशासनको आलोचना भइरहेको छ कि अमेरिकाले अफगानिस्तानबाट केवल ६ हजार अमेरिकी नागरिकलाई बाहिर निकालेको छ जबकि त्यहाँ अनुमानतः १५ हजार अमेरिकी बसिरहेका थिए ।

यद्यपि तीमध्ये कैयौं अमेरिकीहरु अफगानिस्तान छोड्न चाहँदैनन् । यसअघि विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तान छाड्न इच्छुक लगभग १०० देखि २०० जना अमेरिकी अझै त्यहीँ भएको बताएका थिए । यसमा रिपब्लिकन नेताहरुले प्रश्न गरेका छन् ‘बाइडेन प्रशासनलाई यो कसरी थाहा छैन कि उनीहरुले अफगानिस्तानमा कति अमेरिकीहरुलाई छोडेका छन् ?’

ह्वाइट हाउसमा चीफ अफ स्टाफ रहेका मार्क मेडोजले भने ‘आठ महिनामा पहिलो कुरा राष्ट्रपति बाइडेनले प्रस्ट पारेका छन् कि उनी अमेरिकालाई सबैभन्दा अन्तिममा राख्ने राष्ट्रपति हुन् । उनी यो सूचीमा पछाडि छोडियो अमेरिकालाई पनि अब थप्न सक्छन् । सयौं अमेरिकी अब चरमपन्थीहरुकहाँ बन्धक छन् । हाम्रा अरबौंका सैनिक साजोसामान तालिमानलाई सुम्पिइयो । १३ अमेरिकी सैनिक मारिए ।’

यद्यपि कैयौं डेमोक्रेट नेताहरुले अफगानिस्तान छोड्न इच्छुक अफगान नागरिकहरु र त्यहाँ छोडिएका हरेक अमेरिकी नागरिकलाई फिर्ता ल्याउने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् । कैयौंले यो युद्धमा मारिएका अमेरिकीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । धेरै जनाले देशको सबैभन्दा ठूलो युद्ध समाप्त भएकोमा स्वागत गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *