प्रधानमन्त्री देउवाले भने-कांग्रेस एकढिक्का भएर अघि बढ्छ

डिसी नेपाल
१६ भदौ २०७८ १४:३४
104
Shares

कपिलवस्तु। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कांग्रेस एकढिक्का भएर बढ्ने दाबी गरेका छन्। बुधबार बिहान कांग्रेस कपिलवस्तु कार्यालयको समुद्घाटन गर्दै उनले यस्ताे दाबी गरेका हुन्।

भर्चुअल माध्यमबाट भएकाे कार्यक्रममा देउवाले स्थानीय निर्वाचनमा जित्ने गरी क्रियाशील भएर लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए। उनले सरकार गतिशील बन्ने दाबी पनि गरे।

वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिबाट जनता निराश भएको हुँदा जनताको निराशा हटाउने गरी कांग्रेसले नेतृत्व गर्नुपर्नेमा जोड दिए। सरकारमा सहभागी हुँदै पार्टीलाई सजग बनाई नेपालमा समावेशी लोकतन्त्र संस्थागत गर्ने दायित्व पूरा गर्नुपर्ने समय आएको नेता पौडेल बताए। ओली नेतृत्वको सरकार ढलेपछि कांग्रेस नेतृत्वको सरकार बनेकाे भन्दै उनले सरकारको औचित्य पुष्टि गर्ने बेला आएको बताए।

जिल्ला सदरमुकाम तौलिहवा मालपोत कार्यालय नजिकै बनेको दुई तल्ले भवन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाले शिलान्यास गरेका थिए।

नाै वर्ष अगाडि शिलान्यास भएको भवन निर्माण गर्दा डेढ करोड बढी रकम खर्च भएको जिल्ला प्रवक्ता वीरेन्द्र मिश्रले  बताए। कार्यक्रम नेपाली कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.