महारानी एलिजाबेथले रोनाल्डोसँग अटोग्राफ मागिन्, महारानीलाई अटोग्राफ दिने उनी एक्लो मानिस
काठमाडौं। बेलायती महारानी एलिजाबेथ द्वितीयले फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले हस्ताक्षर गरेको म्यान्चेस्टर युनाइटेडको पहिलो जर्सी मागेकी छिन् । महारानीले आफ्नो राजदरबारका कर्मचारीहरुका लागि समेत गरी रोनाल्डोले नामका कूल ८० वटा म्यान्चेस्टर युनाइटेडका जर्सी मागेकी छिन् । यससँगै महारानी एलिजाबेथलाई अटोग्राफ दिने रोनाल्डो एकमात्र मानिस बनेका छन् ।
१२ वर्षअघि म्यान्चेस्टर युनाइटेड छाडेर स्पेनिस क्लव रियल मड्रिड गएका रोनाल्डो गत हप्ता मात्र ओल्ड ट्राफोर्ड फर्किएका थिए । ट्रान्सफर मार्केटमा रोनाल्डो म्यान्चेस्टर सिटी जाने चर्चा चलिरहेका बेला अचानक युनाइटेड उनलाई भित्रयाउन सफल भएको थियो । स्पोर्ट इनोभेसन सोसाइटीलाई उद्धृत गर्दै डेलीस्टारले जनाएअनुसार रोनाल्डोको युनाइटेड आउने निर्णयले महारानी खुसी छिन् र शाही स्टाफहरुले ८० वटा जर्सी अर्डर गरेका छन् ।







डिसी नेपाल







Facebook Comment