बिग बोस विजेता सिद्धार्थ शुक्लाको मृत्यु
काठमाडौं। भारतीय टेलिभिजन अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको मृत्यु भएको छ । मुम्बइको कुपर अस्पतालले सिद्धार्थ शुक्लाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ । ४० वर्षका सिद्धार्थको मृत्युको कारण हृदयाघात भएको बताइएको छ ।
कुपर अस्पतालका डाक्टर सैलेश मोहितेले बीबीसीसँग सिद्धनर्थको मृत्युको पुष्टि गरे । सिद्धार्थ १० वर्षभन्दा धेरै समयदेखि सानो पर्दामा सक्रिय थिए । बिग बोस विजेता बनेपछि उनले सानो पर्दामा पहिचान बनाएका थिए । यसका अलावा उनी खतरों के खिलाडी मा पनि देखिएका थिए । बालिका वधुमा पनि उनले अभिनयको छाप छोडेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment