सिद्धार्थ शुक्लाको निधनपछि उनलाई बिग बोसको उपाधि दिने सलमान खानले के भने ?
काठमाडौं। बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्लाको हृदयाघातका कारण निधन भएको छ । उनी ४० वर्षका थिए । हृदयाघातपछि उनलाई मुम्बइको कुपर अस्पताल लगिएको थियो जहाँ डाक्टरहरुले उनलाई मृत घोषित गरे । उनलाई अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको बताइएको छ । रिपोर्टका अनुसार उनको शरीरमा कुनै किसिमको बाहिरी चोटको चिन्ह भेटिएका छैनन् ।
सलमान खानले सिद्धार्थलाई बिग बोस १३ विजेताको उपाधि दिएका थिए । सलमानले ट्वीट गर्दै सिद्धार्थको निधनप्रति दुःख व्यक्त गरेका छन् । सलमानले सिद्धार्थ चाँडै गएको भनेका छन् । सलमानले लेखेका छन् ‘तिमी धेरै छिटो गयौ सिद्धार्थ । तिम्रो कमी महसुस भइरहनेछ । परिवारप्रति समवेदना । स्वर्गमा बास होस् ।’
Gone too soon Siddharth.. u shall be missed. Condolences to the family .. RIP?
— Salman Khan (@BeingSalmanKhan) September 2, 2021
भारतीय मिडियाले जनाएअनुसार बुधबार राती सुत्नुभन्दा पहिले उनले केही औषधि लिएका थिए । त्यसपछि उनको स्वास्थ्य बिग्रिँदै गयो । सिद्धार्थ मुम्बइको ओशिवारास्थित फ्ल्याटमा बस्थे । बुधबार उनलाई आका रिता शुक्लासँग घुमिरहेको देखिएको थियो । सिद्धार्थको मृत्युका विषयमा उनको परिवारले कुनै किसिमको आशंका व्यक्त गरेका छैनन् ।







डिसी नेपाल








Facebook Comment