नेपाल–भारत मैत्रीपूर्ण फुटबलः नेपालले गर्यो पहिलो गोल
काठमाडौं । नेपाल–भारत पहिलो मैत्रीपुर्ण खेलमा नेपालले पहिलो गोल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ३६औं मिनेटमा फरवार्ड अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएका हुन् । विपक्षी टोलीका खेलाडीले गोलकिपरलाई दिएको कमजोर पासको फाइदा उठाउँदै अञ्जनले गोल गरेका हुन् ।
खेल साँझ ५ः३० बजे सुरु भएको हो । नेपाल र भारतले ६ बर्षपछि एक आपसमा खेल्न लागेका हुन । दुबै टिमले यो दुई खेललाई साफको तयारीका रुपमा लिएका छन् ।
नेपालको गोलपोस्ट कप्तान किरण चेम्जोङले नै सम्हालेका छन् । नियमित डिफेन्डर रोहित चन्दको अनुपस्थितिमा अनन्त तामाङलाई गौतम श्रेष्ठ, दिनेश राजवंशी र सुमन अर्यालले साथ दिएका छन् । मिडफिल्डमा पुजन उपरकोटीसँगै तेज तामाङ र सुमन लामा रहेका छन् अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानले टोलीको अग्रपङ्ति सम्हालेका छन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६सम्म आयोजना हुनेछ । नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ ।







डिसी नेपाल







Facebook Comment