‘स्वस्थ्य शहर’ निर्माणका लागि अघि बढ्यो धुलिखेल, पहिलो चरको काम सुरु

डिसी नेपाल
१८ भदौ २०७८ ६:३५
76
Shares

काठमाडौं । ‘हामी जनताको घर दैलोमा जान्छौं। उहाँहरुको समस्या के हो बुझेर आउँछौं। कुन रोगबाट नगरपालिका कति नागरिक ग्रसित हुनुहुन्छ डिजिटल रेकर्ड तयार गछौं र नगरपालिकाले उपचारका लागि रणनीति तयार पार्छ।’

धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख संदिप केसी डिसीनेपाललाई ब्रिफिङ गर्दै थिए। नगरपालिकाको हलमा  ‘स्वस्थ्य शहर’का लागि आवश्यक जनशक्तिलाई तालिम चलिरहेको थियो। नगरपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरुलाई नागरिकको घरमा गएर कसरी उनीहरुको स्वास्थ्यको बारेमा बुझ्ने भन्ने बारे सिकाइ थियाे त्याे।

बिरामी भएका नागरिकको मात्र अवस्था होइन। विरामी नहुने नागरिकको अवस्था पनि धुललिखेलले संकलन गरेर सूचीकृत गर्ने भएको छ। ‘सबै नागरिकको स्वास्थ्य, पोषण, अपाङ्गताको अवस्था, उचाईँ, तौल, खाने पानी, हातधुने पानी, बानी, महिलाहरुको पाठ्यघरको समस्यालगायतका रोग बारे जानकारी लिन्छौ’ प्रमुख केसीले भने।

आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्ने अवस्थामा नेपाल सरकार, प्रदेश सरकार र नगरपालिका र अन्य सरोकार राख्ने निकाए तथा संघसंस्थाहरुको सहयोगमा सकेसम्म निशुःल्क उपचारको व्यवस्था मिलाउने केसीको भनाइ थियो।

केसीले भने, ‘हरेक वडामा रहेको स्वस्थ्य संस्थाका प्रमुखलाई तथ्याङ्क संकलनको लागि सुपरभाइजर बनाइने छ। स्वास्थ्य संस्थामा आउने विरामीको रेकर्ड अनुसारको स्वास्थ्य समस्याबारे बुझिने छ। अलि घातक खालका समस्या भए र वंशाणुगत सर्ने खालका रोग देखा परेको अवस्थामा विरामी भन्दा पहिला कति जनालाई भयो, वा त्यसपछि कसैलाई छ कि छैन भनेर सोधिने छ।’

तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले विरामीको बारेमा बुझेर डिजिटल प्रोफाइल तयार गर्ने छन्। त्यो तयार भएको प्रोफाइल अनुसार नगरपालिकाले निःशुल्क, कमशुल्क लगायतका कार्यक्रम अन्तर्गत उपचार गर्ने छ।

दुरदृष्टि राख्ने नेतृत्वका कारण नै स्वास्थ्य शहरको योजना कार्यान्वयनमा आएको स्वास्थ्य शाखाका प्रमुख केसीको भनाइ छ। उनले भने, ‘हामीले सबै वडाका स्वास्थ्यकर्मीहरु सँगको सहकार्यमा योजना तयार ग¥यौं। र सबै जनप्रतिनिधिहरुलाई स्वास्थ्य पनि विकासको मेरुदण्डहो भनेर बुझायौँ। नदेखिने भए पनि स्वास्थ्यमा गरेको लगानीले दीर्घकालीन फाइदा दिने कुरा बुझाएपछि उहाँहरुले यसलाई प्राथमिकतामा राख्नु भयो।’

केसीले सडक, पुलपुलेसालगायत देखिने ठाउँको भन्दा पनि शिक्षा स्वास्थ्यमा गरेको लगानीले दीर्घकालीन विकासको रुपरेखा कोरिने बताए।

नगरलाई स्वस्थ सहर बनाउने पहिलो चरण अन्तर्गत डिजिटल हेल्थ प्रोफाइलको तयारीका लागि तथ्यांक संकलन कार्य प्रारम्भ भएको केसीले बताए। केसीका अनुसार सबै नागरिकको हेल्थ प्रोफाइल ‘स्वास्थ्य सहरको सबैभन्दा महत्वपूर्ण पक्ष हो।’

‘५ पेज लामो प्रश्न तयार गरिएको छ।’ केसीले भने, ‘घरपरिवारको अवस्थादेखि हाल खाइरहेको औषधी र उपचार गरिरहेको रोगकोसमेत विस्तृत विवरण गणकहरूले संकलन गर्ने छन्। यसका लागि २२ जना गणकहरू घर–घर पुग्ने छन्। बढीमा ३ महिनाभित्र तथ्याङ्क संकलन गरिसकिने छ।’

नगरपालिकाले ९औँ नगरसभामार्फत चालु आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएपछि सुरु भएको ‘स्वस्थ सहर’ योजना देशभरमै नमुना योजना रहेको केसीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.