इंग्ल्याण्ड र जर्मनीको सहज जित

डिसी नेपाल
१८ भदौ २०७८ ८:३६
80
Shares

काठमाडौं । युरोपेली फुटबलका बलिया राष्ट्र इंग्ल्याण्ड र जर्मनीले सहज जित निकालेका छन्। बिहीबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा इंग्ल्याण्ड र जर्मनीले सहज जित निकालेका हुन्।

हंगेरीमा भएको खेलमा ४-० को जित निकाल्दै भ्रमण टोली इंग्ल्याण्डले समूह ‘आई’को खेलमा सतप्रतिशत जितलाई निरन्तरता दिएको हो।

इंग्ल्याण्डको जितमा रहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी म्यागुईर र डिक्लेन राइसले एक-एक गोल गरे।

घरेलु टोली हंगेरीले पहिलो हाफ बराबर गर्न सफल भएपनि दोस्रो हाफमा चार गोल ब्यहोरेको थियो।

जितसँगै इंंग्याण्डले समूह ‘आई’को खेलमा सत प्रतिशत जित निकालेको छ। चार खेलबाट १२ अंकसहित इंग्ल्याण्ड शिर्षस्थानमा छ।

चार खेलबाट सात अंक बनाएको पोल्याण्ड सात र समान चार खेलबाट सात अंक बनाएको हंगेरी गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ।

बिहीबार राति नै भएको अर्काे खेलमा जर्मनले लेक्टेनस्टाईनलाई २-० गोल अन्तरले पराजित गरेकाे छ। पहिलो हाफमा एक गोल गरेको जर्मनले दोस्रो हाफमा थप एक गोल गरेकाे हाे। जर्मनको जितमा टिमो वेर्नर र लोरे सानेले एक-एक गोल गरे।

खेलको ४१ मिनेटमा गोल गर्दै वेर्नरले जर्मनलाई अग्रता दिलाए । ७७ मिनेटमा सानेले गोल गर्दै जर्मनलाई २-० को सहज जित दिलाए।

जितसँगै समूह ‘जे’ मा जर्मन चार खेलबाट नाै अंक बनाउँदै दोस्रो स्थानमा छ । समान खेलबाट १० अंक बनाएको अर्मेनिया पहिलो स्थानमा छ । चार खेलमा हार ब्यहोरेको लेक्टेनस्टाइन तालिकाको पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *