विद्युत प्राधिकरणले माग्याे ३२० जना कर्मचारी, आन्तरिकमा १२४ सिट सुरक्षित

डिसी नेपाल
१८ भदौ २०७८ ८:४०
544
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

लोकसेवा आयोगबाट हुने परीक्षाका लागि प्राधिकरणले सहनिर्देशक, मिटर रिडरदेखि जुनियर मिस्त्रीका लागि ३२० सिटका निम्ति दरखास्त आह्वान गरेको हो।

अधिकृतस्तरमा ५२ सिट छ, सहनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक निर्देशक, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, वातावरणविद् माग गरिएको छ।

यसैगरी, सहायकस्तर मिटर रिडिङ सुपर भाइजरका लागि १८, लेखापालका लागि २६, सुपरभाइजरका लागि २९, सिनियर मिटर रिडरका लागि १७, सहायक लेखापालका लागि ३१, फोरमेनका लागि ६८, इलेक्ट्रिसयनका लागि ७६ र जुनियर मिस्त्रीका लागि तीन सिटमा दरखास्त आह्वान भएको हो।

प्राधिकरणले आन्तरिकतर्फ पनि भर्ना खोलेको छ। आन्तरिकतर्फ प्रबन्धकदेखि जुनियर मिस्त्रीसम्मका लागि १२४ सिट सुरक्षित गरिएको छ।

प्राधिकरणले बढुवाको जाम पनि खोलेको छ। जेष्ठता कार्यसम्पादन मूल्यांकनका आधारमा २८५ र कार्यक्षमता मूल्यांकन ४७७ जनालाई बढुवा हुन सिट छुट्याइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.