कांग्रेस महाधिवेशन : तेह्रथुमका ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन
तेह्रथुम। नेपाली कांग्रेस तेह्रथुमले ४३ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ। जिल्लाका ६ वटा स्थानीय तहका ४३ वटा वडाम १ हजार ६ सय ८६ पदाधिकारी निर्वाचित भएका हुन्।
अधिवेशनले गाउँपालिकाको वडाबाट ३७ जना गरी जम्मा ८ सय ८८ र प्रत्येक नगरपालिकाका वडाबाट ४२ जना गरी ७ सय ९८ जना चयन गरेको हो।
त्यसमध्ये ६ सय ४५ जना क्षेत्रीय प्रतिनिधि बनेका छन् ४३ जना वडा सभापति चयन भएका छन्। क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले जिल्ला अधिवेशनमा भाग लिनेछन् ।
ती ६ सय ८८ जनाबाट गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गर्ने भएको जिल्ला अधिवेशनका सहायक निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment