मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवा, प्रचण्ड र माधव छलफलमा

डिसी नेपाल
१९ भदौ २०७८ ११:२४
152
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ।

मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादव काठमाडौं उपत्यकाबाहिर रहेकाले बैठकमा उपस्थित नरहेको स्वकीय सचिव देउवाले बताए।

सत्ता गठबन्धनका नेताहरुको बैठकले मन्त्रिपरिषदबारे टुंगो लगाउन नसकेपछि शीर्ष नेतालाई टुंग्याउन जिम्मेवारी दिइएको छ।

सत्ता गठबन्धनमा मन्त्रालय संख्या र कुन कुन मन्त्रालय लिने भन्ने विषय टुंगिन सकेको छैन। जसका कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.