सिद्धार्थ शुक्लाको ३ महिनापछि बिहे हुने तय थियो, इंगेजमेन्ट भइसकेको थियो
काठमाडौं। टेलिभिजन अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको आकस्मिक निधनले मनोरञ्जन उद्योग शोकमा डुबेको छ । सिद्धार्थको निधनले उनको परिवारका साथै उनकी सबैभन्दा नजिककी मित्र शहनाज गिल निकै शोकमा छिन् । सिद्धार्थको निधनपछि उनी र शहनाजबीचको सम्बन्धका बारेमा नयाँ खुलासा भएको छ । यी दुईले बिहे गर्ने तय थियो । शहनाजकी निकटकी मित्रको हवाला दिँदै यसको खुलासा गरिएको छ ।
टाइम्स अफ इण्डियाले आफ्नो रिपोर्टमा सिडनाजको आउँदो डिसेम्बरमा बिहे तय भएको खुलासा गरेको छ । रिपोर्टका अनुसार यी दुईको इंगेजमेन्ट भइसकेको थियो र उनीहरु अब बिहेको तयारीमा थिए । उनीहरुले परिवारलाई यसबारे बताएका थिए र परिवारले बिहेको तयारी गरिरहेका थिए । मुम्बइको एक होटलमा कोठा, बेंक्वेट र अन्य सेवाको लागि कुरा पनि भइरहेको थियो ।
उनीहरुको बिहे ३ दिनको हुने थियो । सिद्धार्थ र शहनाजका साथै उनीहरुमा परिवार र आफन्तले यो कुरा निकै गोप्य राखेका थिए । यही बीचमा २ सेप्टेम्बरमा सिद्धार्थको निधनसँगै यी सपना अधुरै रहेका छन् । अब सिद्धार्थ र शहनाज कहिल्यै एउटै बन्धनमा बाँधिन पाउने छैनन् । यी दुईको जोडीलाई फ्यानले पनि निकै रुचाएका थिए ।







डिसी नेपाल








Facebook Comment