रथयात्रा कुशलतापूर्वक सम्पन्न गरेको भन्दै ललितपुर प्रशासनद्वारा सुरक्षा अधिकारी सम्मानित

डिसी नेपाल
२० भदौ २०७८ ८:३४
64
Shares

ललितपुर। रातो मछिन्द्रनाथको रथयात्रा कुशलतापूर्वक सम्पन्न गरेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यसहितका सुरक्षा अधिकारीहरुलाई सम्मान गरेको छ।

सरोकारवालाबीच समन्वय गर्दै शान्तिपूर्ण तवरले यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्नुमा महत्वपूर्ण महत्वपूर्ण निर्वाह गरेकमा धन्यवाद दिँदै जिप्रका ललितपुरले बज्राचार्यसहितका सुरक्षा अधिकारलाई सम्मान गरेको हो।

‘स्थानीय प्रशासनलाई निषेधाज्ञाकाबीच शान्तिपूर्ण तरिकाले रथयात्रा गर्न निकै ठूलो सुरक्षा चुनौती रहेको थियो। प्रशासनले समन्वय गर्न नसक्दा गत वर्ष पनि स्थानीय र प्रहरीबीच झडप हुने परिस्थति आयो। त्यसले गर्दा पनि यस वर्ष सुरक्षा चुनौती आकंलन गरी सोही अनुरुप सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाई रथयात्रा गरियो। त्यस कार्यमा जिल्लाको प्रहरी प्रमुखको हिसाबले एसएसपी निकै खटिनुभयो’, एसएसपी बज्राचार्यलाई सम्मान गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने।

गत वर्ष भदौं १८ लकडाउनको समयमा स्थानीयले स्वतःस्फुर्त रुपमा रथ तान्दा झडपको भएको थियो। रथयात्राको विषयमा प्रशासन, स्थानीय तह र जातीय समाजहरु लामो समयसम्म अनिर्णयबन्दी हुँदा सो स्थिति आइपरेको निष्कर्ष निकाल्दै यस पटक प्रशासन कार्यालय, प्रहरी परिसर ललितपुरले शुरुदेखि संयोजनकारी भूमिका निर्वाह गरेको थियो।

रथयात्राका सरोकारवाला पानेजु, यँग्वाल, बाराही, घकू राख्नेका साथै जातीय समाजसँग समन्वयका लागि औपचारिक र अनौपचारिक रुपमा समन्वयको गर्ने कामको एसएसपी बज्राचार्यले अगुवाई गरेका थिइन्।

सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, राजदलका गणका गणपति सुमितविक्रम राणा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक किरण ढुंगाना, राष्ट्रिय अनुसन्धान विभाग ललितपुरका प्रमु्ख दिनेश खड्का, कार्यालयका कर्मचारीहरुलाई सम्मान गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.