नेपालविरुद्ध भारत दोस्रो मैत्रीपूर्ण : ‘प्लेयर्स टु वाच’

डिसी नेपाल
२० भदौ २०७८ १३:३४
180
Shares

काठमाडौं। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। पहिलो खेलमा बिहीबार दुबै टोलीले एक एक गोलको बराबरी खेलेका थिए।

नेपालका अन्जन बिष्टले भारतीय डिफेण्डर र गोलरक्षक गूरप्रीत सिंह सन्धुबीचको समन्वय अभावको फाइदा लिँदै बल खोसेर खाली पोष्टमा गोल गरेका थिए।

यता, भारतका अनरिद्ध थापाले गोलरक्षक किरण कुमार लिम्बु (चेम्जोङ) ले पन्च गरि क्लियर गर्न नसकेको बललाई गोल लाइन कटाएका थिए। भारतीय कप्तान सुनिल क्षेत्रीले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलरक्षक किरणले पन्च गरेका थिए। जुन बल गोल लाइनमा ड्रप हुन नपाउँदै दोस्रो हाफमा मैदान प्रवेश गरेका थापाले बराबरी गोल फर्काएका हुन्।

भारत र नेपालबीचको दोस्रो मैत्रीपूर्ण खेलअघि न्युज कारखानाले प्लयर्स टु वाच तयार पारेको छ । ‘प्लेयर्स टु वाच’ मा नेपालका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) र भारतीय टोलीका कप्तान सुनिल क्षेत्री रहने छन्।

किरण कुमार लिम्बु (चेम्जोङ) – नेपाल

३१ वर्षीय कप्तान किरण भारतविरुद्धको खेलका लागि सबैको नजरमा हुनेछन् । त्यति मात्रै हैन उनको खेलको प्रस्तुतिले नेपाली राष्ट्रिय फुटबल टोलीमा सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान बनाउँने छन् । त्यसैले यो खेल किरण स्वयमका लागि महत्वपूर्ण छ । उनी आफ्नो रेकर्ड जितसहित चाहन्छन् ।

अग्लो कदका गोलरक्षक किरण भारतीय अट्याकरका लागि टाउको दुखाईको विषय बन्न सक्छन् । एन्फा एकेडेमी तेस्रो ब्याचका किरण आफ्नो क्षेत्रमा निकै चतुरताका साथ ड्युटी पूरा गर्न तयार छन् ।

बल नियन्त्रणमा लिन, काउण्टर बल रिलिज गर्न, मैदानमा आफ्नो खेलाडीलाई गाइड गर्न निकै सिपालु छन् गोलरक्षक किरण । पहिलो मैत्रीपूर्णमा गोलरक्षक किरणले पूरा समय खेलेका थिए । कप्तान किरणले नेपाली गोलपोष्ट समाल्दा भारतीय कप्तान सुनिल क्षेत्री, मानवीर सिंह, अनिरुद्ध थापाजस्ता खेलाडीलाई टाउको दुखाईको विषय बन्न सक्छ ।

किरणसँग घरेलु लिगसहित भारतीय आई लिग, माल्दिभ्सको धिवेही लिग खेलेको अनुभव छ ।

सुनिल क्षेत्री – भारत

पहिलो खेलमा बराबरीमा रोकिएपछि भारत दोस्रो खेलमा नेपालविरुद्ध केही दबाबमा छ । पहिलो खेलमा पूर्ण रुपमा फिनिसिङमा चुकेको भारत कप्तान सुनिल क्षेत्रीको भरमा हुनेछ । भारतको चाहना भनेकै ३७ बर्षीय कप्तान सुनिल लयमा फर्कनु हो । यदि सुनिल लयमा आएभने नेपाली डिफेण्डरलाई समस्या हुनेछ ।

लामा सट प्रहार गर्न, सेटपिसमा गोल गर्न, विपक्षी डिफेण्डरलाई सहजै बिट गर्नु सुनिलको खुबी हो । सुनिल भाईचुङ भुटियापछि १०० गोल गर्ने दोस्रो भारतीय खेलाडी हुन् । भारतले सन् २०१७ मा म्यानमारविरुद्ध ६४ वर्षपछि जित निकाल्दा सुनिल निर्णायक गोलकर्ता हुन् । सुनिल देशको लागि सर्वाधिक गोल गर्ने खेलाडीमा विश्वमै १३ औं स्थानमा पर्छन् ।

हाल बैंगरुलु एफसीबाट ब्यवसायिक फुटबल खेलिरहेका सुनिलसँग भारतीय आई लिग र सुपर लिगसहित युरोपका विभिन्न लिग खेलेको अनुभव रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *