नख्खु कारागारमा कैदीबन्दीबीच झडप
काठमाडौं । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कारागारका चौकीदार, नाइके भाइनाइकेले क्यान्टिनको खाना, खाजाको दर बढाएको, फोनमा कुराकानी गर्न नदिएको विषयमा विवाद हुँदा झडप भएको हो । क्यान्टिनका खानेकुराको दररेट बढाएपछि कैदीहरुले प्रशासनसमक्ष उजुरी गरेको र उजुरी गर्नेलाई चौकीदारले कुटपीट गरेपछि विवाद शुरु भएको थियो । सो विवादपछि आइतबार दिउसो कैदी र चौकीदार समूहबीच झडप भएको हो ।
कैदीहरुवीच झडप भएपछि ललितपुर प्रहरी परिसरबाट प्रहरी गएको भएपनि बाहिरबाट तालबन्दी गरेका कारण भित्र पस्न पाएको छैन । विवाद मिलाउन प्रहरी पुगिसकेको छ अहिले अवस्था सामान्य रहेको खबर आएको छ प्रहरीले प्रशासन, कैदीबन्दी र चौकीदारसँग छलफल गरिरहेको छ । तर पनि भित्रबाट कैदीबन्दीहरुले नारावाजी गरिरहेका छन् । प्रहरी परिसर ललितपुरले तनावको अवस्थापछि कारागार परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । ‘परिसरको टोली पुगिसकेको छ तनाव कम गर्ने प्रयास भैरहेको छ’, परिसर प्रमुख एसएसपी किरण बज्राचार्य बताइन् ।
कारागारभित्र चौकीदार र नाइकेहरुको चलखेल बढ्ने भएपछि कैदीबन्दीहरु मारमा पर्ने गरेका छन् । क्यान्टिनको जिम्मा चौकीदारलाई दिने गरिन्छ । नख्खु कारागारमा धेरै पहिलादेखि नै यसप्रकारको समस्या रहँदै आएको ।







डिसी नेपाल








Facebook Comment