नेपाल–भारत मैत्रीपूर्ण फुटबलः पहिलो हाफमा गोलरहित बराबरी

डिसी नेपाल
२० भदौ २०७८ १८:२२
272
Shares

काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण दोस्रो खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको छ । दुवै पक्षका खेलाडीहरुले केही राम्रा अवसरहरु पाएपनि गोलमा परिवर्तन गर्न सकेनन् । पहिलो हाफमा दुवै पक्षको प्रस्पिर्धात्मक खेल बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल साँझ ५ः३० बजे सुरु भएको हो । नेपाल र भारतले ६ बर्षपछि एक आपसमा खेल्न लागेका हुन ।

दुबै टिमले यो दुई खेललाई साफको तयारीका रुपमा लिएका छन् । नेपालको गोलपोस्ट कप्तान किरण चेम्जोङले नै सम्हालेका छन् । नियमित डिफेन्डर रोहित चन्दको अनुपस्थितिमा अनन्त तामाङलाई गौतम श्रेष्ठ, , दिनेश राजबंशी र पुजन राजबंशीले साथ दिएका छन् ।

मिडफिल्डमा सुजल श्रेष्ठसँगै तेज तामाङ, सुमन लामा, मनिष डांगी र आयुष घलान रहेका छन् । नवयुग श्रेष्ठले अग्रपङ्ति सम्हालेका छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६सम्म आयोजना हुनेछ । नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेलमा १/१ को बराबरी खेलेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *