नेपाल-भारत मैत्रीपूर्ण खेलः नेपाल १-२ ले पराजित

डिसी नेपाल
२० भदौ २०७८ १९:२७
1.5k
Shares

काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा नेपालविरुद्ध भारतले २-१ गोलसहित जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले ६२ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

फारुख ४६औँ मिनेटमा विपीन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले नेपाल डिफेन्सको फाइदा उठाउँदै गोल गरेका थिए ।

यसरी नै ८०औँ मिनेटमा भारतका सुनिल क्षत्रीले अर्को गोल गर्दै भारतलाई २ गोलको अग्रता दिलाएका हुन् । खेलको ८६ औं मिनेटमा नेपालले पहिलो गोल फर्काएको थियो ।

दुबै टिमले यो दुई खेललाई साफको तयारीका रुपमा लिएका छन् । नेपालको गोलपोस्ट कप्तान किरण चेम्जोङले नै सम्हालेका छन् । नियमित डिफेन्डर रोहित चन्दको अनुपस्थितिमा अनन्त तामाङलाई गौतम श्रेष्ठ, , दिनेश राजबंशी र पुजन राजबंशीले साथ दिएका थिए।

मिडफिल्डमा सुजल श्रेष्ठसँगै तेज तामाङ, सुमन लामा, मनिष डांगी र आयुष घलान रहेका छन् । नवयुग श्रेष्ठले अग्रपङ्ति सम्हालेका छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६सम्म आयोजना हुनेछ । नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *