एमसीसीको विरोधमा २२ दलको प्रदर्शन

डिसी नेपाल
२० भदौ २०७८ २२:१२
128
Shares

काठमाडौं। एमसीसी सम्झौता संसदबाट अनुमोदनको तयारी भइरहेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी २२ दलीय संगठनले भदौ २३ गते राजधानीको माइतीघर मण्डलामा एमसीसी खारेजी आन्दोलनको ब्यानरमा संयुक्त बिरोध प्रदर्शन गर्ने घोषणा गरिएको हो ।

प्रदर्शन मण्डलाबाट र्याली रजुलुससहित नयाँ बानेश्वरमा पुगी विरोधसभामा परिणत हुनेछ । साथै उक्त संयुक्त विरोधसभामा उपस्थितिको निम्ति अपिल समेत गरिएको छ । देशका सबै जिल्लाहरुमा सम्बन्धित दलहरुले व्यापक जनसहभागितामा एमसीसी खारेजीको निम्ति कार्यक्रम गरिने निर्णय समेत गरिएको छ ।

पत्रकार सम्मेलनमा नेकपा (माले)का महासचिव सीपी मैनाली, नेकपा क्रान्तिकारी माओवादीका नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपाने, राष्ट्रिय जागरण मञ्चका अध्यक्ष गुणराज लोहनी, जन समाजवादी पार्टी नेपालका उपमहासचिव डम्वर बिक्रम कार्की, मधेशी जनअधिकार फोरमका नेता भाग्यनाथ गुप्ता, राष्ट्रिय जागरण परिषद्का अध्यक्ष साध्यबहादुर भण्डारी लगायतका नेताहरुले एमसीसीको विरोध गर्दै यसलाई असफल पार्नुपर्नेमा जोड दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.