चाडपर्वका लागि सुपथ पसल १ असोज देखि
काठमाडौं। जब चाडपर्व नजिकिन्छ त्यस पछि सुरु हुन्छ व्यापारीहरुको कालो बजारी आतकं । यसैलाई मध्यनजर गर्दै सरकारले संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।
मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा आइतबार बसेको केन्द्रिय अनुगमन तथा मूल्याङ्कन समितिको ५७ औ बैठकले नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व दशै तिहार र छठलाई समेत लक्षित गरि त्यस्तो निर्णय गरेको हो ।
विगत वर्षहरुमा झै यसवर्षको प्रमुख चाडपर्वमा पनि अत्यावश्यक उपभोग्य वस्तुहरु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउनका लागि आगामी २०७८ साल १ असोज देखि सुपथ मूल्यपसल सञ्चालन गर्ने निर्णय गरेको छ । १ असोज देखि शुरु भई छठ पर्व पछिको एक हप्ता सम्म सञ्चालन हुने सुपथ मूल्य पसलको व्यवस्थापनको जिम्मेवारी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई दिइएको छ ।
बैठकले चाडपर्वलाई लक्षित गरि सार्वजनिक यातायातको भाडा दर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिड सम्वन्धि स्वास्थ्य मापदण्डको पालना गरि गराई नागकिरलाई सहज यात्राको व्यवस्थापन गर्ने निर्णय गरेको छ । यसैगरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुद्रा तहका व्यवसायीलाई खोप लगाउने सूचीमा प्राथमिकता दिने निर्णय भएको प्रवक्ता राउतले जानकारी दिए ।







डिसी नेपाल








Facebook Comment