नासुको अन्तर्वार्ता स्थगित

डिसी नेपाल
२० भदौ २०७८ २२:४८
60
Shares

काठमाडौं । यही भदौ २१ गतेदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण परीक्षा लोकसेवा आयोगले अनिश्चितकालीन स्थगित गरेको छ । आइतबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

आयोग(अध्यक्ष स्तर)को निर्णयले धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्थिक वर्ष २०७६/०७७ मा विज्ञापन भई २०७८/०५/११ गतेदेखि कम्प्युटर सीप परीक्षण सञ्चालन गरिएको राजपत्र अनङ्कित प्रथम श्रेणी(अप्रा), नायब सुब्बा वा सो सरह पदका नेपाल प्रशासन सेवा(सामान्य प्रशासन, लेखा, राजश्व समूह)  र व्यवस्थापिका संसद् सेवा(सामान्य प्रशासन समूह) का मिति २०७८/०५/२१ गतेदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको हो ।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम परीक्षा स्थगित गरिएको आयोगका उपसचिव प्रकाश गुरुङले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.