सेनामा यी हुन रथी दुई दावेदार
काठमाडौं । सरकारले यही भदौ २४ गतेबाट सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरिसकेपछि शर्माद्धारा औपचारिक रुपमा सेनाको कमाण्ड सम्हाल्नेछन् ।
हाल अनडफ मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत सेनाका बलाध्यक्षरथी ईश्वर हमालले आगामी असोज २६ मा अवकास पाएसंगै सेनामा अर्को रथीको दरबन्दी रिक्त हुनेछ । हमालको सेनाबाट अवकास पाएपनि दरबन्दी रिक्त हुने गरी मिसन अवधीभरसम्मलाई तीन तारे जर्नेलका रुपमा काम गर्न पाउने निर्णयको लागी सरकारले सहमती दिइसकेको छ । उनि हाल मिसन इलाकामै कार्यरत छन् ।
वरियताअनुसार बढुवा भएको खण्डमा सेनाका उपरथीहरु बालकृष्ण कार्की र सरोजप्रताप राणा रथीमा बढुवा हुनेछन् । कार्की भदौ २४ लगत्तै बढुवाका लागी लाईनमा बसेका छन् भने राणाको भने असोज २६ पछि मात्र रथीमा बढुवा हुनेछ पालो आउनेछ ।







डिसी नेपाल








Facebook Comment