जंगी अड्डाबाट औपचारिक रुपमै बिदा भए प्रधानसेनापति पूर्णचन्द्र थापा
काठमाडौं । सैनिक सेवामा चार दशक बिताएर प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबारदेखि अवकास लिएका छन्। उनको सेवा अवधि अझै एक महिना बाँकी भए पनि नेपाली सेनाको नियमअनुसार उनी हिजैदेखि बिदामा बस्न लागेका हुन्।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी प्रभुराम शर्मालाई शर्मालाई कायममुकायम प्रधानसेनापति तोकेकी थिइन् भने अहिले सरकारले यही भदौ २४ गतेदेखि लागू हुनेगरी प्रधानसेनापतिमा उनलाई नियुक्त गरिसकेको छ । थापाको बिदाइ समारोहमा कामु प्रधानसेनापति शर्मासहित सैनिक उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा थापालाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
थापाको अवकाससँगै नेपालकै इतिहासमा कुनै एक परिवारको सम्भवतस् सबभन्दा लामो सैनिक सेवाको विरासतको पनि अन्त्य हुँदैछ। डेढ वर्षअघि प्रधानसेनापति थापाले भनेका थिए, ‘हाम्रो परिवार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिलादेखि नै सेनामा छ।”
नेपाल एकीकरणअघि उनका पुर्खा तत्कालीन लमजुङ राज्यको सेनामा थिए। नेपालको एकीकरणसँगै उनीहरू पनि काठमाडौंमा आए। त्यसपछि पनि थापा परिवारका सदस्य निरन्तर सैनिक सेवामा लागे। प्रधानसेनापति थापा परिवारको १८औं पुस्ताका सैनिक हुन्। बुबा फणेन्द्रबहादुर थापा पनि नेपाली सेनाका अवकासप्राप्त प्रमुख सेनानी हुन्। उनका दाजु रोहित थापा सशस्त्र प्रहरीका अवकासप्राप्त अतिरिक्त महानिरीक्षक हुन्। उनका दुई छोरा र एक छोरी कोही पनि सैनिक सेवामा छैनन्।
थापाको अवकाससँगै यो विरासतको क्रमभंग हुँदैछ। उनका एक छोरा र छोरी छन्। दुवै नेपाली सेनामा छैनन्। बहिनी जयन्तीका दुबै छोरी पनि सेनामा गएनन्। जयन्तीले सैनिक विद्यालयमा पढाएर अवकास लिएकी हुन्।







डिसी नेपाल








Facebook Comment