कोरोना मापदण्ड उल्लंघन गरेपछि ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित

डिसी नेपाल
२१ भदौ २०७८ ८:२९
980
Shares

काठमाडौं। कतार विश्वकप छनोट तथा दक्षिण एसियाली छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ। सोमबार बिहान ब्राजिललको साओ पाउलोमा सुरु भएको खेल कोरोना मापदण्डविपरीत भएको भन्दै स्थगित भएको हो।

करिब ६ मिनेटको खेल जारी रहँदा ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदान छिरेर खेल रोक्न निर्देशन दिएका थिए। स्वास्थ्य अधिकारीले भ्रमण टोली अर्जेन्टिनाका चार खेलाडीले क्वारेन्टिन नियम तोडेको बताएका छन्। हाल इंग्ल्याण्डबाट ब्राजिल प्रवेश गर्दा १४ दिनको क्वारेन्टिन व्यवस्था गरिएको छ। तर इंग्ल्याण्डको प्रिमियर लिग खेलिरहेका खेलाडी क्वारेन्टिनमा नबेसेको उनीहरूको आरोप छ।

एस्टन भिल्लाका इमिलियानो बुएण्डिया र गोलरक्षक इलिमियानो मार्टिनेज तथा टोटनहमका जिओभानी लो सेल्सो र क्रिष्टिअन रोमेरो प्रिमियर लिगबाट फर्किएका हुन् । बएण्डिया बाहेक तीन खेलाडी प्लेइङ सेटमा रहेका थिए।

अर्जेन्टिनी प्रशिक्षक र एफएले स्वास्थ्य मापदण्ड पूरा गरेर खेलाडी खेल्न तयार भएको बताएको छ। खेल स्थगित भएपछि रेफ्री, म्याचकमिस्नरले बुझाएको रिर्पाेर्ट अनुसार फिफाले आफ्नो कामकारबाही अगाडि बढाउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *