पंजशीरमा तालिबानको झण्डा लहरायो, नर्दर्न एलायन्सका प्रमुख कमाण्डर मारिए

डिसी नेपाल
२१ भदौ २०७८ १०:४९
47.2k
Shares

काठमाडौं। अफगानिस्तानमा तालिबानविरुद्ध विद्रोहमा उत्रिएको पंजशीर प्रान्तले अन्ततः हार व्यहोर्नुपरेको छ । १९८० को दशकमा सोभियत संघले आक्रमण गर्दादेखि अहिलेसम्म अविजित रहेको पंजशीर प्रान्त अब भने तालिबानको नियन्त्रणमा पुगेको छ । पंजशीरबाट पछिल्लो समय सार्वजनिक भइरहेका तस्वीर, भिडियो लगायतमा दृश्यहरुले त्यहाँ तालिबानको कब्जा भएको देखाइरहेका छन् ।

तालिबानले स्वयं पनि पंजशीरमा आफ्नो नियन्त्रण भएको दावी गरेको छ । सार्वजनिक भएका केही तस्वीरमा पंजशीरमा तालिबानको झण्डा लहराएको र पंजशीर गभर्नर कार्यालय अगाडि तालिबानीहरु उभिएको देखिएको छ । तालिबानले आइतबार मात्रै गभर्नर कार्यालय नियन्त्रणमा लिएको बताएको थियो । पंजशीर नियन्त्रणमा लिएको खुसीयालीमा तालिबानी लडाकुहरुले शुक्रबारदेखि नै हवाइ फायर गरेर खुसीयाली मनाइसहेका छन् । यसरी हवाइ फायर गर्दा ठूलो संख्यामा अफगानीहरु मारिएको पनि बताइएको छ ।

यही बीचमा तालिबानले अर्को ठूलो दावी गरेको छ । तालिबानका अनुसार उसका लडाकुहरुले रेजिस्टेंस फोर्स अर्थात नर्दर्न एलायन्सका प्रमुख कमाण्डर सालेह मोहम्मदलाई पनि मारिदिएका छन् । तालिबानको तर्फबाट प्रवक्ता जबीहुल्लाह मुजाहिदले तालिबानले पंजशीर प्रान्त पनि पूर्ण रुपमा नियन्त्रणमा लिएको र अब पूरै अफगानिस्तानमा आफ्नो कब्जा भएको बताएका छन् । १५ अगष्टमा राजधानी काबुलमा नियन्त्रण गरेर अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले पंजशीर जित्न सकेको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *