पिताले आफ्नै छोरी बलात्कार गरे, पिताको कर्तुत थाहा पाएपछि छोराले आत्महत्या गरे

डिसी नेपाल
२१ भदौ २०७८ ११:२१
1.9k
Shares

काठमाडौं। अपराध गर्नेहरुले अपराधलाई सजिलै पचाउने हिम्मत गर्लान् तर उनीहरुको परिवारलाई यसले निकै नकारात्मक असर पार्छ । यस्तै एक आपराधिक मानसिकताका पिताले आफ्नी नाबालिग छोरीलाई बलात्कार गरे । तर, आफ्ना पिताले बहिनीलाई बलात्कार गरेको थाहा पाएपछि ती पिताका छोरा अर्थात पीडित किशोरीका दाजुले आत्महत्या गरेका छन् ।

आरोपी पिता भने अहिले फरार रहेको बताइएको छ । समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार घटना राजस्थानको जालोर जिल्लाको हो । पुलिसका अनुसार शनिबार ३२ मिनेटको अडियो क्लिप भाइरल भएपछि यस विषयमा जाँच सुरु गरिएको छ । यो क्लिपमा पीडित नाबालिग किशोरीले आफ्नी सानीआमालाई पिताको ज्यादतीको बारेमा बताइरहेकी थिइन् । यो अडियो क्लिप पीडित किशोरीका दाजुले सुने र आत्महत्या गरे ।

पुलिसका अनुसार पीडितका दाजुले सांचौरमा नर्मदा नहरमा हाम्फालेर आत्महत्या गरेका हुन् । पुलिस टिम आरोपीलाई गिरफ्तार गर्न जाँदा उनी फरार भएका छन् । पुलिसले उनको खोजी गरिरहेको छ । पीडित किशोरीको बयान रेकर्ड गरिएको छ । पीडितले पुलिसलाई दिएको बयान र अडियो क्लिपमा रेकर्ड गरिएको बयानका अनुसार एक पटक उनलाई मोवाइल किनिदिने भन्दै उनका पिताले कारमा लिएर गएका थिए र त्यही क्रममा बलात्कार गरेका थिए ।

अडियो क्लिपमा यो घटना कहिले भयो भन्ने स्पष्ट छैन । किशोरीका अनुसार उनकी आमाले दाजुलाई पनि साथमा लैजान भनेका थिए तर आरोपीले मानेका थिएनन् । किशोरीका अनुसार उनी सुतिरहेको बेलामा पनि उनका पिताले उनीसँग शारीरिक सम्बन्ध बनाएका थिए । अडियोमा किशोरीले भनेअनुसार उनका पिता उनलाई एक्लै घरबाहिर जान दिँदैनथे र परिवारको कुनै सदस्यसँग कुरा गर्न पनि दिँदैनथे । पिताको अत्याचारबारे आमालाई बताउँदा उनले पनि गाली गरेको किशोरीले बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *