नयाँ सरकार गठनको विषयलाई लिएर तालिबान संगठन फुट्यो

डिसी नेपाल
२१ भदौ २०७८ १२:५३
5.3k
Shares

काठमाडौं। अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेसँगै तालिबान अब त्यहाँ नयाँ सरकार गठन गर्न जुटेको छ । विगत केही दिनदेखि छिटै सरकार गठन हुने अनुमान गरिँदैछ तर तालिबानले हरेक पटक सरकार गठन गर्ने समय पछाडि सार्ने काम भइरहेको छ । यसको पछाडि संगठनभित्र भएको फुटलाई कारण मानिएको छ । तालिबानको संगठनभित्र रहेका गुटहरुमा सत्ताको बाँडफाँडलाई लिएर शक्ति संघर्ष चलिरहेको छ ।

तालिबानको तर्फबाट यो कुरा स्वीकार गरिएको छ कि हक्कानी ग्रुप र तालिबान इस्लामिक इमिरेटबीच सत्ताको बाँडफाँडलाई लिएर मतभेद छ । यही कारण सरकार गठनमा ढिलाइ भइरहेको छ । रिपोर्टका अनुसार हक्कानी ग्रुप अफगानिस्तानको नयाँ सरकारमा कुनै अन्य दलको प्रवेश चाहँदैन । मुल्ला बरादरको नेतृत्वमा तालिबानले भने अफगानिस्तानका अलग अलग तप्काहरुलाई साथमा ल्याउने र सरकारमा सहभागी गराउने प्रयास गरिरहेको छ । यही विषयलाई लिएर यी दुई गुटबीच मतभेद छ ।

अफगान मिडियाको रिपोर्टअनुसार पछिल्लो समय पाकिस्तानको खुफिया एजेन्सी आइएसआइका प्रमुख पनि काबुल पुगेका छन् । उनलाई तालिबानले बोलाएको बताइएको छ ताकि सरकार गठनभन्दा पहिले संगठनमा भएका मतभेदहरुलाई हटाउन सकियोस् । यस्तोमा हक्कानी ग्रुप र तालिबानबीच सम्झौताको काम आइएसआइले हेरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *