गिनीमा सेनाले गर्‍यो सत्ता कब्जा, राष्ट्रपतिको अवस्था अज्ञात

डिसी नेपाल
२१ भदौ २०७८ १३:५१
640
Shares

कोनाक्री । पश्चिम अफ्रिकी मुलुक गिनीको सेनाले राष्ट्रपतिलाई अपदस्थ गरी सत्ता कब्जा गरेको छ। सेनाले त्यहाँको राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति अल्फा कोन्डेलाई अपदस्थ गरी सत्ता हातमा लिएको जनाएको छ। सेनाको घोषणाअघि राजधानी कोनाक्रीस्थित राष्ट्रपति भवननजिक दोहोरो गोली हानाहान भएको थियो।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेस र अफ्रिकी युनियनले सेनाको ‘क’को निन्दा गर्दै राष्ट्रपति कोन्डेको अवस्था सार्वजनिक गर्न माग गरेका छन्।

गिनी प्राकृतिक स्रोतसाधनका दृष्टिले धनी मानिन्छ । तर, दशकौ लामो अशान्ति र व्यवस्थापनको अभावमा ती अमूल्य स्रोतसाधन खेरा गइरहेको छ।

हिंसाबीच गत वर्ष सम्पन्न निर्वाचनमा कोन्ड‍े तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनी सन् २०१० मा पहिलोपटक विजयी भएका थिए। केही आर्थिक सुधारका पहल गरे पनि उनीमाथि मानवअधिकार हनन र आलोचकलाई दुव्र्यबहार गरेको आरोप लाग्दै आएको छ।

गिनीको अशान्तिकै कारण मोरक्कोविरुद्ध विश्वकपको छनाेट खेल पनि स्थगित भएको छ। सम्पूर्ण खेलाडी र खेल अधिकारीको सुरक्षाका लागि खेल स्थगित गरिएको फिफाले जनाएको छ। सेनाको ‘कू’ पछि मोरक्कोको फुटबल टिम स्वदेश फर्किन सकेको छैन।

यसैबीच, सेनाको अपदस्थ प्रयासलाई राष्ट्रपतिका सुरक्षाकर्मीले विफल पारिदिएको रक्षा मन्त्रालयले दाबी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *