‘भुलचुकले कपाल फुल्यो तर, म आफूलाई युवा नै ठान्छु’

डिसी नेपाल
२१ भदौ २०७८ १७:४२
288
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले आफूलाई युवा नै ठान्ने गरेको बताएका छन् । सोमबार युवासंघको कार्यक्रममा उनले आफ्नो भुलचुकले कपाल फुलेको बताए ।

“युवा संघको पनि म अध्यक्ष नै हो । म अहिलेसम्म भुलचुकले कपाल फुल्यो बेग्लै कुरा हो । तर, म आफूलाई युवा–युवा ठान्छु ।” तपाईहरु युवा संघबाट युथ फोर्समा प्रवेश गर्दै हुनुहुन्छ । तपाईले देशका लागि काम गर्ने अठोट राख्नुभएको छ । अब तपाईले झूठ कुरा बोल्नुपर्दैन, साँचो कुरा ढाकछोप गर्नुपर्दैन । ’

एमालेप्रति जनताको अथाह विश्वास रहेको पनि उनले कार्यक्रममा सुनाएका छन् । उनका अनुसार एमाले सरकारमा रहनुमा अर्थ राख्दैन । एमाले सरकारमा हुनु र नहुनुमा फरक देशलाई पर्छ । विकासमा पर्छ, राष्ट्रियतामा पर्छ तर, जनताको एमालेप्रतिको विश्वासमा फरक पार्दैन । आफ्ना देशभक्ती नीति र अडानका कारण । आज हजारौँ साथीहरु युवा संघ (नेकपा एमाले) मा प्रवेश गर्नुभएको छ,’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.