महान्यायाधिवक्ताको कार्यालय भवनको गुणस्तर अनुगमन गर्न अख्तियार छिरेपछि…..

डिसी नेपाल
२१ भदौ २०७८ १८:१४
268
Shares

काठमाडौं । गुणस्तरको विषयमा गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग महान्यायाधिवक्ताको कार्यालय छिरेको छ ।

रामशाह पथमा रहेको भवनमा आयोगले गुणस्तरको अनुगमन गरेको हो । रामशाह पथमा रहेको भवनको गुणस्तरको विषयमा गुनासो गरेपछि अख्तियारकी आयुक्त डा.सुमित्रा श्रेष्ठसहित प्राविधिक टोलीले सोमबार दिउँसो निरीक्षण गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालय भवनको निर्माण गुणस्तरीय नभएको सर्वसाधारणबाट गुनोस परेपछि अख्तियारकी आयुक्त डा. सुमित्रा श्रेष्ठसहित प्राविधिक टोलीले सोमबार दिउँसो निरीक्षण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जनकारी दिएका छन् ।

आइतबार राति काठमाडौं उपत्यकामा भएको भीषण वर्षपछि नवनिर्मित भवनमा पानी चुहिएर पार्किङ क्षेत्र जलमग्न भएको थियो । “निर्माणको डिजाइन र गुणस्तरमा समस्या हुनसक्ने प्रारम्भिक अनुगमनले देखाएको छ । हामीले निर्माणसँग सम्बन्धी सम्पूर्ण कागजातमा मगाएका छौं,” आयुक्त डा. श्रेष्ठले भनिन्, “निर्माण कम्पनी, भवन डिजाइन गर्ने कन्सल्ट्यान्ट, अनुगमन गर्ने र भुक्तानी दिने सरकारी निकायलाई भवन निर्माण विषयमा जानकारी माग गरेका छौं ।”

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.