सरकारले गर्‍यो ७ निर्णय

डिसी नेपाल
२१ भदौ २०७८ १८:५८
604
Shares

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सात निर्णय गरेको छ । बैठकले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गर्नुका साथै अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले गरेका मुख्य ७ निर्णय यस्ता छन्ः

–राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गर्ने

–अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहूलीयत पूर्ण ऋण सहायत स्वरुप प्राप्त ५ अर्ब ५४ करोड रुपैयाँ स्वीकार गर्ने

–अन्तर्राष्ट्रिय विकास सहायता मार्फत् नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधारका लागि प्राप्त ५० मिलीयन अमेरीकी डलर सहायता स्वीकार गर्ने

–दार्चुला जिल्लाको व्यास गाउँपालिका १ छाङरुङमा स्थापना भएका नेपाल प्रहरी चौकी र सशस्त्र प्रहरी चौकीहरुको भवन निर्माण प्रयोजनका लागि सल्ला प्रजातिका काठहरु उपयोगमा ल्याउन स्वीकृत प्रदान गर्ने

–विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने

–आर्थिक वर्ष २०७८र०७९ का लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने

–निजामती कर्मचारी सेवा नियमावली व्यवस्था बमोजिम निजामती सेवा दिवसका अवसरमा ४० जनालाई पुरस्कार प्रदान गरिने




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.