वाइसीएलले बल्ल भेट्टायो नेता

डिसी नेपाल
२२ भदौ २०७८ १६:३६
188
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोध शेर्पाली चयन भएका छन् ।

यही भदौ १२ देखि १५ सम्म काठमाडौंमा भएको राष्ट्रिय भेलाले नेतृत्व चयन नगरी २०४ जना केन्द्रीय सदस्य मात्रै टुंगो लगाएको थियो। केन्द्रीय कमिटीको मंगलबार बसेको पहिलो बैठकले नेतृत्व छान्ने गरी काठमाडौंको भेला सकिएको थियो। तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गर्दा पनि वाईसीएलको नेतृत्व टुंगो लागेको थिएन। त्यहीकारण उक्त भेलाले मंगलबारको पहिलो केन्द्रीय कमिटी बैठकबाट अध्यक्षसहितका पदाधिकारी छान्ने निर्णय लिएको थियो। प्रचण्डको उपस्थितिमा आज भएको बैठकले पनि नेतृत्व छान्न नसकेपछि राष्ट्रिय सम्मेलनको नयाँ मिति तोकिएको हो।

सोही समितिले आज विवादकैबीच भए पनि नेतृत्व छानेको हो । संयोजकको जिम्मेवारी पाएका देवकोटा चितवनका हुन् । उनी माउ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिन्छन् । अधिकांश वाइसियल प्रतिनिधि र केन्द्रीय सदस्यको साथ शेर्पालीलाई रहेको भए पनि प्रचण्डको ठाडो आदेशमा देवकोटाले संयोजकको जिम्मेवारी पाएको आरोप संगठनकै सदस्यहरुले बताइरहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.