सङ्खुवासभामा हत्या काण्डको रहस्य खुल्दै, शव परीक्षण गर्न धरान लगियो

डिसी नेपाल
२२ भदौ २०७८ १६:५४
1.7k
Shares

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको बीभत्स हत्या गरिएको दर्दनाक घटनाले सबैलाई कौतुहल बनाएको छ । अहिले सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।

अति नै विकट एवं दुर्गम घटनास्थलमा सोमबार साँझ ७ बजेतिर पुगेर दाहाल नेतृत्वको टोलीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले अनुसन्धानका लागि ‘ट्र्याकर’डग पिकु र लैलालाई प्रयोग गरेको छ । तर निरन्तरको वर्षाका कारण तालिमप्राप्त कुकुरबाट गरिने अनुसन्धान प्रभावकारी हुनसक्ने अवस्था नरहेको बताइएको छ । यद्यपि घटनास्थल पुगेको प्रहरीको विशेष टोलीले भने घटनाको नजिक पुगिएको उल्लेख गरेको छ ।

५८ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको कमाण्डमा रहेको अनुसन्धान टोलीले तालीमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीसहितको टोली पनि घटनास्थलमै छ।

हालसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको प्रनाउ सुवेदीले जानकारी दिए । उक्त क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.