भरतमणिलाई गृहजिल्लामा भव्य स्वागत
काठमाडौँ । ‘कमेडी च्याम्पियन सिजन २’ को फाइनलिस्टको टुंगो लागेको छ ।
फाइनलमा ताप्लेजुङका भरतमणि पौडेल, सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापाले उपाधिका लागि भिड्ने छन् । उत्कृष्ट चारमा शानदार प्रस्तुति दिँदै भरतमणिले सिधै उत्कृष्ट तीनमा स्थान बनाएका हुन् । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ ।
ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभुषामा सजिएका जिल्लावासीले बजार परिक्रमा गराइएको थियो । स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्फूर्तरुपमा घरको अगाडि घडा सजाएका थिए
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment