न्यायाधीशको कार क्यान्टिनभित्र छिर्दा महिलाको मृत्यु
मोरङ — मोरङ अदालतका न्यायाधीशको गाडीले प्रयोग गर्ने कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको मृत्यु भएको हो । दाहाल अदालत परिसरभित्र क्यान्टन चलाउँथिन् । कारले क्यान्टिन भित्र काम गरिरहेको अवस्थामा उनलाई ठक्कर दिएको थियो ।
न्यायाधीश ईश्वर पराजुलीले चढ्ने बा१४च ६०१६ नम्बरको कारको ठक्करले घाइते दाहालको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताए । उनका अनुसार दुर्घटना भएको बेला न्यायाधीश पराजुली कारमा थिएनन् । कारको ठक्करबाट गम्भीर घाइते भएकी दाहालको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा साँझ ५ः१५ बजेतिर मृत्यु भएको श्रेष्ठ बताए। प्रहरीका अनुसार पार्किङ गरेर राखिएको कार निकाल्ने क्रममा न्यायाधीश पराजुलीका अंगरक्षक प्रहरी हवल्दार विन्दकुमार सिंहले चलाएको खुलेको छ।
प्रहरी हवल्दारले कार चलाएर दुर्घटना गराएका बेला चालक श्रवण चौधरी पनि सँगै गाडीभित्र नै रहेको खुलेको छ। अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले दुर्घटना हुँदा न्यायाधीश पराजुली भने गाडीभित्र नरहेको जानकारी दिए। ‘अदालतभित्र पार्किङ गरेर राखेको ठाउँबाट निकालेरअगाडि बढाउने क्रममा गाडी आफै अनियन्त्रित भएर क्यान्टिनभित्र छिरेर दुर्घटना गराएछ,’ धमलाले भने, ‘त्यतिबेला गाडी कसले चलाएको थियोभन्ने बारेमा हामी बुझ्दै छौँ।’







डिसी नेपाल








Facebook Comment