ऋचा शर्माले सन्तान जन्माइन्
काठमाडौं। नायिका ऋचा शर्माले सन्तान जन्माएकी छिन् । उनले बुधबार बिहान छोरालाई जन्म दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् । ऋचाले सिजेरियन विधिबाट छोरालाई जन्म दिएकी हुन् । स्रोतका अनुसार अहिले आमा र छोरा दुवै स्वस्थ छन् ।
ऋचा २ वर्ष अघि दिपेक्षविक्रम राणासँग बिहे गरेकी थिइन् । रियालिटी शो कमेडी च्याम्यिनको जज समेत रहेकी ऋचा शोको पछिल्लो एपिसोडसम्म पनि निरन्तर काम गरिरहेकी थिइन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment