को हुन् अफगानिस्तानका नयाँ प्रधानमन्त्री मुल्लाह अखुन्द ?
Pakistani Prime Minister Nawaz Sharif (R) greets Afghan Foreign Minister Mullah Mohammad Hassan Akhund in Islamabad August 25. Akhund arrived on Tuesday with an 18-member delegation for a four-day official visit to Pakistan, aimed at talks on bilateral issues and the Afghan Transit Trade to the land-locked Afghanistan through Pakistan.
MP/DL
काबुल। काबुल कब्जा गरेको तीन सातापछि तालिवानले मुल्लाह मोहमद हसन अखुन्दलाई अन्तरिम सरकारका प्रधानमन्त्री घोषणा गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि तालिवान समूहभित्र उनी को हुन भन्ने बारेमा चासो बढेको छ।
मुल्लाह अखुन्द तालिवानको निर्णय गर्ने निकाय रहबारी शुरा अर्थात नेतृत्व परिषदका प्रमुख हुन् । २६ सदस्य रहेको रहबारी शुरालाई तालिवानको उच्चतम सल्लाहकार परिषद् तथा निर्णायक समूह मानिन्छ।
अखुन्दलाइ राष्ट्रसंघले लामो समयदेखि प्रतिबन्ध लगाएको छ। सन् १९९६ देखि सन् २००१ मा तालिवान सत्तामा हुँदा अखुन्द एक पटक विदेशमन्त्री र अर्को पटक उपप्रधानमन्त्री भएका थिए ।
मुल्लाह अखुन्द लामो समयसम्म तालिवानका पूर्व प्रमुख मुल्लाह मोहमद ओमारको निकट भएर काम गरेका थिए । तालिवानको गढ मानिने कन्दाहरमा जन्मिएका अखुन्दलाई ओमारको विश्वासपात्र भएको भएको उनीमाथि राष्ट्रसंघले लगाएको प्रतिबन्धमा उल्लेख छ।
अखुन्द तालिवान आन्दोलनमा सम्मानित नेता हुन्। उनलाई तालिवानका प्रमुख नेता हिबतुल्लाह अखुन्जादाले समेत सम्मान गर्छन् । तालिवानको नेतृत्व संरचनामा हिबतुल्लाह शीर्ष स्थानमा छन् । उनी धार्मिक तथा सैन्य मामिलाका प्रमुख हुन्।
अन्दाजी ६५ वर्षका अखुन्द धार्मिक भन्दा पनि राजनीतिक मामिलामा बढी जानाकार मानिन्छन्। तालिवानको सैन्य रणनीतिमा पनि उनको दबदबा छ। आधुनिक अफगानिस्तानका संस्थापक अहमद साह दुरानीको पुर्खासँग अखुन्दा जोडिएका छन्।
अखुन्द तालिवानको निर्णय गर्ने निकाय रहबारी शुरामा महत्वपूर्ण भूमिकामा छन्। सन् २००१ मा अमेरिकी नेतृत्वको विदेशी फौजले तालिवान सत्ता अपदस्थ गरेपछि शुरा स्थापना भएको थियो ।







डिसी नेपाल







Facebook Comment