कुशलको बरियता एक स्थान सुधार
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले सार्वजानिक गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका छन् ।
नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता एक स्थान सुधारिएको छ ।
यसअघि ६१ औँ स्थानमा रहेका भुर्तेलकाृ ब्याटिङ वरीयतामा सुधार भएर ६० औं स्थानमा उक्लिएका छन्
नेपालका पूर्व कप्तान पारस खड्काको वरीयता यथावत रहेको छ । खड्का ९१ औं स्थानमा रहेका छन् ।
कप्तान ज्ञानेन्द्र मल्लको बरियता भने घटुवा भएको छ । यस अघि ९४ औं स्थानमा रहेका मल्ल अहिले ९५ औं स्थानमा झरेका छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७८ औं स्थानमा रहेका छन्
।नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता भने यथावत रहेको छ ।टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ ।नेपाल एकदिवसीय वरीयताको १६ औं स्थान यथावत छ ।







डिसी नेपाल







Facebook Comment