मोरङमा लागु औषधको कारोबार गर्ने दाजुभाइ सहित तीन पक्राउ
काठमाण्डौं । मोरङको बेलबारी नगरपालिका भित्रका केही होटलमा अवैध लागु औषधको कारोबार हुने रहस्य खुलेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी १ का २३ वर्षीय सन्तोष राई, सोही ठाउँका ३२ वर्षीय ज्ञानबहादुर राई र धनकुटाका २६ वर्षीय महेश्वर राईलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मङ्गलवार १९ केजी ६ सय ५० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये मुख्य कारोबारी सन्तोष रहेको खुलेको छ । सन्तोष र ज्ञानबहादुर दाजुभाइ हुन् । दाजु ज्ञानबहादुरको बेलबारीमा ग्रिन कटेज नाम रहेको होटेल रहेको छ । उक्त होटलमा गाँजाको गोप्य रूपमा कारोबार हुने गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ।
भाइ सन्तोषले दाजु ज्ञानबहादुरलाई गाँजा दिने र कुलतमा लागेकाहरूलाई बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । सन्तोषले माग अनुसार पूर्वी सहरमा मात्र नभएर भारतसम्म गाँजा सप्लाइ गर्ने गरेको बुझिएको छ ।
उनले होटेलदेखि १ सय ग्रामदेखि २ सय ग्रामसम्मको प्याकेट बनाउने गरेका थिए । उनले प्रयोगकर्ताहरूलाई प्रतिग्राम २ सय देखि ३ तीन सय रुपैयाँसम्म बिक्री गर्दै आएको सुरक्षास्रोतले जानकारी दिएको छ । प्रहरीले पक्राउ परेका तीनै जनालाई बुधवार मोरङ अदालतमा लागु औषध मुद्दामा म्याद थप गर्न ल्याएको छ ।







डिसी नेपाल








Facebook Comment