‘तुइन प्रकरणलाई फितलो बनाउन हुम्लामा सीमा विवादको विषय उठाइयाे’

डिसी नेपाल
२४ भदौ २०७८ १३:२४
76
Shares

काठमाडौं। नेपाल दुई ठूला देश भारत र चीनबीच रहेको एक सार्वभौम देश हो। वर्तमान नेपाल भन्दा पहिले ठूलो भू–भाग भएपनि सुगौली सन्धी पश्चात नेपालको भू–भाग खुम्चिएको थियो।

अहिलेपनि भारतबाट नेपालको भू–भाग बारम्बार अतिक्रमण हुने कुरा तथ्यहरुले पुष्टि गरेका छन्। तरपनि भारत त्यो कुरा सजिलै स्वीकार्ने पक्षमा देखिँदैन। यता चीनलेपनि बेला बेलामा नेपाली भूमी अतिक्रमण गर्‍याे भन्ने कुराहरु आउँछन्, तर त्यस्लाई कसैले हो र कसैले हैन भन्छन्।
पछिल्लो समय चीनले हुम्लामा अतिक्रमण गर्‍याे भन्ने कुराहरु त्यहाँका सांसदले नै बताएपछि सत्यतथ्य बुझ्न एउटा समिति नै गठन भएको छ।

के नेपाली भूभाग मिचिएकै हो त? समाधानका उपायहरु के के छन्? ४ वर्ष चीनमा बसेर निकै राम्रो छवी बनाएका चीनका लागि पूर्व नेपाली राजदूत तथा बामपन्थी नेता टंक कार्कीसँग डिसी नेपालका लागि अर्जुन दाहालले कुराकानी गरेको सम्पादित अंशः

तपाईँ चीनको राजदूत रहँदा चीनले नेपाललाई हेर्ने दृश्टिकोण कस्तो पाउनु भयो?

सिमाना जोडिएका दुई ठूला देशहरु मध्ये एउटा चीन हो। जोसँग हाम्रो सामाजिक, राजनीतिक, ऐतिहासिक, सांस्कृतिक सम्बन्ध ज्यादै पुराना र घनिष्ट रहेको छ।

चीनसँगको हाम्रो सम्बन्ध भनेको हिजोआजको मात्र हैन, नेपाल चीन सम्बन्ध निर्माण गर्न सन् १९५५ मा दौत्य सम्बन्ध कायम गर्यौं। त्यो सम्बन्ध नविकरणमात्र थियो। तर हाम्रो सम्बन्ध सातौँ सताब्दीदेखि रहेको थियो। खास गरेर भृकुटीको श्रङचङ गम्बोसँग विवाह भएपछि चीनसँग हाम्रो प्रत्यक्ष सम्बन्ध गाँसिएको थियो।

यद्यपि जनस्थरको कुराकानीलाई हेर्ने हो भने पाँचौं सताब्दीको आसपास ताका दुवै देशका नागरिकहरु हाम्रो तर्फबाट बुद्धभद्र र चीनको तर्फबाट फासयन र सोयान्जाङ यी दुईजना हाम्रो मुलुकमा बसेर एकअर्कालाई जान्ने सुन्ने, बुझ्ने काम उति बेलै भएका हुन्। त्यहाँबाट विकशीत भएको हाम्रो सम्बन्ध हो।

त्यसकारण पहिले र अहिलेलाई चीनसँगको प्रगाढ सम्बन्ध बनाउने एउटा खास कारण भनेको बुद्ध धर्म हो। बुद्ध धर्मको चीनमा जब विकाश र बिस्तार भयो।

यो चीनसँगको विवादलाई उचाल्नेकाम कहाँबाट भइराखेको छ भने जयसिंह धामीको तुइन चुडाएर जसरी हत्या गरियो, त्यसको बारेमा भारतले यथार्थ जवाफ दिनुको साटोमा कुराहरु लुकाइराखेको अवस्था छ। अनि त्यो मुद्धालाई फितलो बनाउन हुम्लाको कुरा निकालिएको जस्तो मलाइ लाग्छ।

त्यो बिकाश र बिस्तारसँग सँगै बुद्ध धर्मको स्रोत या बुद्ध आफैं नेपालमा जन्मिएका हुन् भन्ने सूचनाले हामीलाई ज्यादै नजिक बनाएको छ। त्यसमाथि पनि भृकुटीको विवाह भएपछि हामी झनै घनिष्ट भएका छौँ। त्यसको राजनीतिक, समाजिक, सांकृतिक अर्थहरुकोपनि गति दिएको थियो।

अर्को एउटा पक्ष के छ भने खास गरेर जनस्तरमा नेपाल प्रति धेरै ठूलो सद्भाव छ। म एउटा उदाहरण दिन्छु, सियानमा एउटा बौद्ध सम्मेलन थियो। जसमा म आफैंपनि सहभागी थिएँ। सम्मेलन सकेर तल ओर्लिदैं गर्दा स्थानीय चिनियाँ जनताहरु हामीलाई छुनलाई एकदमै आतुर थिए।

हामीलाई छुनमात्र पाउँदा पनि उनीहरु बुद्धलाई छोएजस्तो महशुस गर्थिए। त्यस कारण जनस्तर मै यो खाले सद्भाव देखिएकाले सद्धावपूर्ण भावना रहेको मैले महशुस गरेको छु।

चीनले कम्युनिष्ट राष्ट्रलाई हेर्ने दृष्टिकोण र पूँजीवादी राष्ट्रलाई हेर्ने दृष्टिकोणमा केही फरक पाउनु भयो? अथवा राजदूत कै हिसाबमापनि बामपन्थी पृष्ठभूमि बोकेको राजदूत र अर्को फरक दृष्टिकोणबाट जाने राजदूतमा पनि केही भिन्नता हुन्छ?

बैदेशिक कुटनीतिको कुरा गर्ने हो भने चीनमात्र हैन सभ्य मुलुकहरु आइडोलोजीको चस्माले मात्र हेर्दैनन्। त्यसकारण आइडोलोजिकल चस्माले हेर्न थालियो भने ती सम्बन्धहरु राम्रा हुँदैनन्। त्यसकारण यस मामिलामा चिनियाँहरु प्रष्ट छन्।

म अन्य मुलुकका राजदूतहरुसँग कयौँ ठाउँहरु डुलेको छु। त्यहाँ म एउटा बामपन्थ पृष्ठभूमी भएकोले विशेष नजिक र अरु देशका टाठा भन्ने कुराको महशुस भएन।

हुम्लामा देखिएको सीमा विवादमा त्यहाँको एकजना सांसदले चर्कोरुपमा उठाउनु भयो र पछि र तत्कालीन उपप्रधानमन्त्री बिमलेन्द्र निधिलेपनि चर्कोरुपमा उठाएपछि एउटा समिति गठन भएको थियो। यो विवादको बारेमा यहाँलाई केही जानकारी छ?

अघिल्लो केपी ओली सरकारले चीनसँग सीमा विवाद छैन भनेर प्रष्ट भनेको छ। तर नयाँ सरकारले त्यो सीमा विवाद बुझ्नको लागि एउटा कार्यदल गठन गरिरहेको छ।

अलिकति पृष्ठभूमी हेर्न के जरुरी छ भने नेपालमा भारतसँगको सीमा विवादमा कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयमा हाम्रो संसदले नै चर्को रुपमा एकमत भएर हाम्रो भूमी हो भनेर त्यस्को निर्णय गरिसकेको छ। त्यसको जवाफ भारतले लिएको छैन र टारेको टारेकै छ। त्यतिमात्र हैन भारतसँग जोडिएको ७५ ठाउँहरुमा हाम्रो सीमा विवाद जोडिएका छन्।

विवाद समाधानको लागि दुबै देशले समिति बनाएको छ, तर त्यसमा खासै प्रगति भएको छैन। त्यसकारण चीनसँग त्यो खाले समस्या छ भने अघिल्लो सरकार एउटा कुरा गर्ने अहिलेको सरकार अर्को कुरा गर्ने यो कहाँबाट आइरहेको छ?

केही दिन अगाडिमात्रै खास गरी यो चीनसँगको विवादलाई उचाल्नेकाम कहाँबाट भइराखेको छ भने जयसिंह धामीको तुइन चुडाएर जसरी हत्या गरियो, त्यसको बारेमा भारतले यथार्थ जवाफ दिनुको साटोमा कुराहरु लुकाइराखेको अवस्था छ। अनि त्यो मुद्धालाई फितलो बनाउन हुम्लाको कुरा निकालिएको जस्तो मलाइ लाग्छ।

लिपुलेक, लिम्पियाधुरा, कालापानीको कुरा आएसँगै त्यहाँ भारतले सिधै चीनसँग जोड्नको लागि एउटा सडक निर्माण गर्यो। त्यो सडक निर्माण गर्दा खेरी नेपालसँग कुनै अनुमति मागिएन यस्तो बिषयमा नेपालको भू–भाग हुँदै आएको विषयमा चीनले चाहिँ किन मौन बस्यो यसबारेमा यहाँको बुझाई के छ?

यो मामिलामा कालापानी हुँदै चीनसँग प्रत्यक्ष खास गरेर मानसरोबर तिरबाटो जोड्ने बिषयमा एउटा सम्झौता भयो। त्यो सम्झौता भएपछि हाम्रो भूभागबारे नेपालले असहमतीको पत्रपनि पठायो।

पठाइसकेपछि चिनियाँ पक्षले के भन्यो भने,तपाईँहरु आफ्ना प्रमाणहरु ऐतिहासिक दस्ताबेजहरु छन् भने ती पेश गर्नुस्, त्यस्को आधारमा हामी फिर्ता दिन तयार छौँ,भनेर चिनियाँहरुले जवाफ दिएका छन्। नेपालले सँगसँगै त्यो भारतलाई पनि एउटा पत्र लेखेको छ तर त्यो विवाद अहिलेसम्म जारी छ।

यसरी नेपालको बाटो हुँदै सडक मानसरोबरसम्म लाने जुन तयारी गरियो, यसमा नेपालको भू–भाग हुँदै किन,सडक ल्याइयो भनेर भन्न सक्थ्यो होला नि?

त्यो चाहिँ उनीहरुको मामिला हो। पहिले उनीहरुले हामीसँग भएको प्रमाणहरु पेश गरेर दावी गर्न सक्छौँ। हैन भने हामी अन्तर्राष्ट्रियकरण गर्नपनि सक्छौँ। हामीसँग प्रयाप्त प्रमाणहरु छन् खाली कुरा के हो भने आफ्ना दुबै छिमेकीहरुसँगको सुमधुर सम्बन्धको कारणले हामीले यो मुद्धालाई अन्तर्राष्ट्रियकरण नगरेको मात्र हो।

तर त्यो भू–भाग हाम्रो हो भन्ने प्रयाप्त प्रमाणहरु छन्। नदी तर्ने तिग्रा कमाउने हाम्रा नेतृत्वका कारणमात्र यो समस्या भएको हो। नत्र उक्त भूभाग हामी आफ्नो बनाउन सक्छौँ।

पूर्वराजदूत कार्कीसँग गरिएकाे भिडियाे संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.