राष्ट्रिय फुटबल टोली कतार प्रस्थान
Football.
काठमाडौं। माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको थप तयारीका लागी नेपाली राष्ट्रिय पुरुष फुटबल टिम बिहिवार कतार प्रस्थान गरेका छन्।
नेपालले कतारमा दुई साता प्रशिक्षण गर्ने जनाइएको छ। त्यसपछि सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछ । साफ अक्टोबर १–१६ सम्म हुनेछ ।
टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार बिदाई गरेको हो। विदाई कार्यक्रममा युवा तथा खेफकुद मन्त्रालयका सचिव केदार न्यौपानेपनि पुगेका थिए। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरी भने,यसअघि नै कतार पुगिसकेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment