संखुवासभा सामूहिक हत्याः चार दिन बित्दा पनि खै अपराधी
काठमाडौं । मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानमा तालिमप्राप्त कुकुर र विज्ञ टोली कुनै ‘क्लु’ फेला पार्न असफल भएको छ ।
विभिन्न चरणको अनुसन्धानमा खटिएको तालिमप्राप्त दुईवटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोलीले अपराधीको सुराक पत्ता लगाउन असफल भएका हुन् ।
मादीमा भएको सामूहिक हत्या घटनामा संलग्न खोजीका लागि प्रहरीको पूर्ण शक्ति परिचालन भए पनि प्रहरीले कसैलाई पक्राउ गरिएको छैन । प्रहरीले स्थानीयबासिन्दा र संचारकर्मीलाई अनुसन्धान सकारात्मकतर्फ उन्मुख भइरहेको मात्रै बताउँदै आएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी कार्यालयबाट प्रहरीको रिट टोली, जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोली अनुसन्धानमा छ । प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसीसमेत घटनास्थलमा पुगेका छन् ।
यति धेरै प्रहरी परिचालन गरिए पनि घटना भएको चार दिनसम्म अपराधी पक्राउ पर्न सकेका छैनन् । केही “क्लु”पत्ता लागेको प्रहरी स्रोतले बताए पनि अनुसन्धानमा खटिएका प्रहरीले भने केही खुलाएका छैनन् । हत्याको कारण र हत्यारा फेला नपर्नुले सर्वसाधारणमा त्रास देखिएको मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले बताए ।







डिसी नेपाल








Facebook Comment