भाजपाका महासचिव राम माधव काठमाडौंमा

डिसी नेपाल
२४ भदौ २०७८ २०:२१
144
Shares

काठमाडौं । नेपाल सरकारले भारतलाई तुइन घटना र हेलिकोप्टर प्रकरणका विषयमा कूटनीतिक नोट पठाएपछि भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव राम माधव काठमाडौंमा आएका छन् ।

उनको भेटघाटको कार्यतालिका भने सार्वजनिक गरिएको छैन। उनी यसअघि २०७५ साल साउनमा नेपाल भ्रमणमा आएका थिए। त्यस समय उनले दिएको अभिव्यक्ति विवादित बनेको थियो।

उनले भनेका थिए, “नेपालले सामुद्रिक मार्गको सहज पहुँच र त्यसबाट धेरै फाइदा लिनका लागि ‘दक्षिण हेर्ने’ नीति अपनाउनुपर्छ। इन्डिया थिंक ट्यांक फाउन्डेसनका निर्देशक तथा भाजपाका विदेश विभाग प्रमुखसमेत रहेका माधवको यस पटकको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.