अफगान उपराष्ट्रपति अमरुल्लाह सालेहका दाजु पंजशीरमै मारिए
काठमाडौं। अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहका दाजु रोहुल्लाह सालेहको हत्या भएको छ । तालिबानले उनलाई पहिले यातना दिएर हत्या गरेको बताइएको छ । रोहुल्लाहको हत्या पंजशीरमै गरिएको समाचारमा जनाइएको छ । पंजशीरमा अहिले पनि तालिबान र नर्दर्न एलायन्सबीच संघर्ष जारी छ ।
जानकारीअनुसार बिहीबार राती तालिबान र नर्दर्न एलायन्सबीच हिंस्रक झडप भएको थियो । त्यही घटनामै रोहुल्लाहको हत्या गरिएको हो । हत्या गर्नुअघि तालिबान लडाकुहरुले उनलाई निकै यातना दिएको बताइएको छ । यद्यपि अहिलेसम्म यो खबरको बारेमा उपराष्ट्रपति अमरुल्लाह सालेहले कुनै प्रतिक्रिया दिएका छैनन् ।
तालिबानले भने विगत केही दिनदेखि लगातार अमरुल्लाह सालेह अफगानिस्तान छोडेर ताजिकिस्तान भागेको दावी गर्दै आएको छ । तर, यो दावीलाई नेशनल रेजिस्टेन्स फ्रान्टले खण्डन गरेको छ । एनआरएफले तालिबानविरुद्ध संघर्ष जारी रहने र अमरुल्लाह सालेह आफ्नो देशका जनताले बीचमै छाडेर नभाग्ने बताएको छ ।







डिसी नेपाल







Facebook Comment