पारिवारिक रिसइवीका कारण लोकबहादुरले हत्याः कार्की परिवारकै छिमेकी पक्राउ

डिसी नेपाल
२६ भदौ २०७८ १६:३१
788
Shares

काठमाडौँ । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने हुन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन । तर, उनको मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरीले बताएको छ । पारिवारिक रिसइवीका कारण लोकबहादुरले हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

लोकबहादुरको घर घटना भएको ठाउँबाट करिब १ सय ५० मिटरको दूरीमा पर्छ । प्रहरीले यस सम्बन्धी विस्तृत विवरण आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।

आरोपीले प्रहरीलाई दिएको बयानमा कसुर स्वीकार गरेको अनुसन्धानमा संलग्‍न एसपी भीम दाहालले बताए । “घटनाको प्रकृति र अध्ययनले आरोपीले भनेका कुराहरुलाई पनि पुष्टि गर्छ,” एसपी दाहालले भने,”आरोपीले हत्या गरेको शत प्रतिशत पुष्टि हुन्छ । हत्याको विविध पक्ष र कारणबारे आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत रुपमा जानकारी गराउँछौं ।”

गत सोमबार तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.