फलाम उद्योगको भट्टी पड्किँदा घाइते पाँच जनाको उपचारकै क्रममा मृत्यु

डिसी नेपाल
२६ भदौ २०७८ १७:०८

काठमाडौँ । वीरगन्जको सर्वोत्तम स्टिल उद्योगमा फलाम गलाउने भट्टी पड्किएर घाइते भएका १५ जना मध्ये ५ जना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । भदौ १० गते उद्योगमा फलाम गलाउने भट्टी पड्किदा भएको आगलागीमा घाइते भई भारतको पटनास्थित एपोलो अस्पतालमा उपचाररत ६ जना मध्ये ५ जना मजदुरको मृत्यु भएको हो ।

मृतक पाँचै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा भारतको बिहारका ५२ वर्षीय विनोद पाण्डे, २७ वर्षीय गगन नायक, उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनऊका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामकुमार यादवको रहेका छन्। उपचारकै क्रममा यही भदौ १६ गते तीन जना र भदौ १८ गते २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्य घाइतेहरुको वीरगञ्जको अस्पतालमा उपचार भइरहेको बताइएको छ।भारत पटनाको एपोलो अस्पतालमा उपचारको क्रममा बिहारका ५२ वर्षीय विनोद पाण्डे , भारतकै उत्तर प्रदेशको खुशीनगरका ३२ वर्षीय धिरु सहनी, उत्तर प्रदेशकै लखनउका ३७ वर्षीय मानस परिदा ,बिहारका २७ वर्षीय गगन नायक बिहारी र लखनउकै ३० वर्षीय रामपुकार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताए । गम्भीर घाइते भएका ६ जना कामदारलाई उद्योग व्यवस्थापनले भदौ १० मै एम्बुलेन्समा राखेर थप उपचारका लागि वीरगन्जबाट पटना लगेको थियो ।

भट्टी विस्फोट प्रकरण ढाकछोप गर्न सुरुदेखि नै लागेको उद्योग व्यवस्थापनले ५ जना मजदुरको मृत्युको जानकारी समेत एक सातापछि मात्र प्रहरी प्रशासनलाई दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.