कांग्रेस सहमहामन्त्री डा महतद्वारा रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
२६ भदौ २०७८ १८:४९
44
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव एवं पूर्वसांसद रुक्मशमशेर राणाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सहमहामन्त्री डा महतले आज एक शोक विज्ञप्ति जारी गरी कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री सुवर्णशमशेर राणाको कनिष्ट सुपुत्र रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त गरेका छन् । “राणाको असामयिक निधनको खबरले मलाई स्तब्ध बनाएको छ, यस दुःखद घडीमा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, सहमहामन्त्री डा महतद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सहमहामन्त्री डा महतले योग्य पिताका सुयोग्य सुपुत्रको रुपमा रुक्मशमशेर राणाले नेपालको लोकतान्त्रिक आन्दोलन, आर्थिक एवं औद्योगिक विकास, कूटनीतिक क्षेत्र तथा खेलकुदको विकासमा पु¥याउनुभएको योगदान अतुलनीय एवं अविस्मरणीय रहेको बताएका छन् । डा महतले स्व राणाको योगदानले नेपाली समाज र नेपाली कांग्रेसका कार्यकर्तालाई सधैँभर प्रेरणा दिने विश्वास लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.