यी हुन् काठमाडौं महानगरपालिकाका बाहुबली वडाध्यक्ष, हाकिमका ढोका लात्ताले हानेर फोडे
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले तोडफोड गरेका छन् । वडाध्यक्ष डंगोलले शुक्रबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग प्रमुख र उपप्रमुखको कार्यकक्षको ढोकामा लात्ती हानेर तोडफोड गरेका हुन् ।
वडाध्यक्ष डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै महानगरपालिकाको कार्यालयमा लात्ती हानेको बताएका छन् । उनको लात्ताले आल्मुनियमको ढोकाको कब्जा फुस्किएको छ । साथै, अन्य भौतिक क्षति पनि पुगेको बताइएको छ । वडा नम्बर ५ मा कार्यरत इन्जीनीयर सुशील केसीको सरुवा गरेकोमा आक्रोसित हुँदै वडाध्यक्ष डंगोलले तोडफोड गरेका हुन् ।
इन्जीनीयर केसीले वडाध्यक्ष बस्नेतले प्रक्रिया नै पूरा नभएका आयोजनाको भुक्तानी दिन दबाब दिने गरेको, आफूलाई घुस बढी आउने ठेक्कापट्टामा बढी ध्यान दिने गरेको र नियम कानुनले नमिल्ने राय दिंदा तल्लोस्तरमा गालीगलौज गर्ने गरेकाले काम गर्न नसकेकाले सरुवा मागेका थिए । इन्जीनीयर केसीकै माग बमोजिम महानगरले सरुवा गरेको भए पनि वडाध्यक्ष डंगोलले भने मर्यादा नै बिर्सेर महानगरका प्रमुख प्रशासकीय अधिकृत र अन्य अधिकृतको कार्यकक्ष तोडफोड गरेका छन् ।
तपाईले नियमबिपरीत काम गर्न दबाब दिएकाले वडासचिव ४ जना र इन्जीनीयरहरु पनि काम गर्न नमानेको र सुशील केसीले पनि आफैंले सरुवा मागेको कुरा आएको छ नि भन्ने प्रश्नमा डंगोलले भने–‘सुशील केसीले सरुवा मागेको होइन । केसीले २८ वडा र ५ वडा हेर्थे । उनले सरुवा मागेका होइनन् । ५ नम्बर वडामा ४ वटा सचिव परिवर्तन भएको कुरा हो । वडाबासीको काम रोक्नुहुँदैन, नियम अनुसार नहुने काम छ भने मकहाँ पठाउनुस् भन्थें । वडा सचिवलाई अख्तियारले समात्ने खालको काम गर्न दबाब दिएको छैन ।’
डंगोलले भने–काठमाडौं महानगरपालिका कसरी चलेको छ, म आएको ४ बर्ष बढी भयो, अहिलेसम्म भेउ पाउन सकिएन । जहाँसम्म ४ बर्षमा ४ वटा वडासचिव परिवर्तन भएको कुरा छ, महानगरमा प्रमुख प्रशासकीय अधिकृत कति परिवर्तन भए त ? ५ जना भन्दा बढी भइसके त । यो प्रश्न त महानगरतिरै सोझिएन र ?







डिसी नेपाल








Facebook Comment