पेरुका चर्चित कम्युनिष्ट नेता गोञ्जालोको निधन
वासिंगटन डिसी । दक्षिण अमेरिकी मुलुक पेरुका चर्चित कम्युनिष्ट नेता गोन्जालोको निधन भएको छ । ८६ बर्षको उमेरमा पेरुको जेलमा सेप्टेम्बर ११ तारिक विहान उनको निधन भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पेरुको विद्रोही समूह साइनिङ पाथका संस्थापक गोन्जालोलाई संसारभरका कम्युनिष्टहरुले आदर्श पात्रका रुपमा चिन्ने गर्दछन् । अभिमल गुज्म्यान उर्फ गोन्जालोलाई पेरु सरकारले आजीवन कारावासको सजय दिएको छ र उनी विगत २९ बर्षदेखि समयदेखि पेरुमा बन्दी जिवन विताइरहेका छन् ।
माओवादी विचारधारालाई दक्षिण अमेरिकी मुलुकमा फैलाउने र सशस्त्र विद्रोहको नेतृत्व गर्ने कार्यमा विश्वभरि चर्चितसमेत रहेका गोञ्जालोको मृत्यु संक्रमणका कारण पेरुको एक सैनिक अस्पतालमा भएको बताइएको छ ।
उनको समूह सन् १९८० र १९९० को दशमा पेरुमा ज्यादै चर्चित र सक्रिय थियो । हतियारसहितको छापामार युद्ध गरेर मुलुकका संरचनाहरुमा आक्रमण गर्दै गोन्जालोको समूहले पेरुमा तहल्का मच्चाएको थियो । तर, उनी आफ्नै समूहका मानिसको धोकामा परेर पक्राउ परेपछि आजीवन कारावासको सजाय भोगिरहेका थिए । साइनिंग पाथविरुद्धको अपरेशका क्रममा पेरुमा हजारौं मानिसहरु मारिएका थिए ।







डिसी नेपाल







Facebook Comment