अन्तर नगरस्तरिय फुटसलको उपाधी चन्द्रागिरिलाई

डिसी नेपाल
२७ भदौ २०७८ ८:३५
64
Shares

काठमाडाैं । अन्तर नगरस्तरिय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधी चन्द्रागिरि नगरपालिकाले हात पारेको छ। तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर–१० स्थित जि फोर फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा चन्द्रागिरि प्रथम भएको हो।

तारकेश्वर , चन्द्रागिरि, टोखा र कीर्तिपुर नगरपालिकाको सहभागीता रहेको उक्त प्रतियोगितामा चन्द्रागिरि , कीर्तिपुर र टोखा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए। विजयी खेलाडीलाई प्रमाणपत्र वितरण गर्दै टोखा नगर प्रमुख प्रकाश अधिकारी र प्रशासकीय अधिकृत प्रकाश आचार्यले आपसी समन्वय कायम गरी काम गर्न खेलकूद प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने बताए। तारकेश्वर नगर प्रमुख रामेश्वर बोहराले नगर क्षेत्रमा खेलकुद विकास र विस्तारका लागि नगरपालिकाले प्राथमिकता दिएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *