गठबन्धनकाे बैठक बस्दै, सरकार विस्तारलगायतका विषयमा छलफल हुने

डिसी नेपाल
२७ भदौ २०७८ ९:४८
64
Shares

काठमाडाैं । सरकार विस्तार, एमसीसीलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्ने भएको छ। विहान १० बजेका लागि बैठक बोलाइएको हो।

देउवाले सरकार सम्हालेको २ महिना पुग्न लाग्दा पनि सरकार विस्तार हुन सकेको छैन। सरकार बनाउन सहयोग गरेका जसपा र माधव कुमार नेपालको पार्टीबाट मन्त्री बन्ने टुङ्गो नलागेका कारण सरकार विस्तार हुन सकेको छैन।

नेकपा एसका नेता मेटमणी चौधरीले भोलीको अदालतको निर्णय हेरेर सरकार विस्तारको लागि बाटो खुल्ला गर्ने डिसी नेपाललाई बताएका छन्।

उनले अदालतको निर्णय पर्खेका कारण पनि सरकार विस्तार हुनमा ढिला भएको बताए। आज बस्ने बैठकले उपेन्द्र यादवले राखेको राजनीतिक दलसम्बन्धि विधेक निष्कृय पार्न गरेको अनुरोधका बारेमा पनि छलफल हुने बताइएको छ।

विधेयक निष्कृय नभएको अवस्थामा जसपा पुनः फुट्न सक्ने भएपछि विधेयक निष्कृयका लागि यादवले प्रधानमन्त्री देउवालाई दवाब दिइरहेको जसपा निकट स्रोतको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.